काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.५३ अंकले घटेर २ हजार १ सय ३७ दशमलव ९२ विन्दुमा पुगेको छ ।साताको दोस्रो दिन कारोवारमा आएका २ सय २९ कम्पनीको १ अर्ब ३१ करोड बराबरको ३७ लाख ६९ हजार कित्तम शेयर किनबेच भएको छ ।
आज कारोवारमा आएका १५ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ७५ कम्पनीको शेयर मुल्य घटेको छ । मंगलबार म्युचुअल फण्ड बाहेक सवै समुहका परिसुचक राताम्मे भएका छन् ।
मंगलबार सवैभन्दा बढी एनआईसी एशिया बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् यस कम्पनीको ५ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । दोस्रो स्थानमा नबिल बैंकका लगानीकर्ता रहेका छन् यस कम्पनीका लगानीकर्ताले ३ करोड ९८ लाख रुपैयाँ बराबरको कारोवार भएको छ ।
आज उपकार लघुवित्तको शेयर मुल्य बढेको छ ।