काठमाडौं । भन्सार विभागले एजेन्टका लागि लिएको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको छ । विभागले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा ८ सय ६० जना उत्तीर्ण भएका छन् । लिखित परिक्षामा ५ हजार ६ सय १५ जना सहभागीता भएका मध्ये ८ सय ६० जना मात्र उत्तीर्ण भएका हुन् ।
लिखित परिक्षामा उत्तीर्ण भएकालाई असार ५ गते अन्तरर्वाताका लागि बोलाइएको विभागले जनाएकाे छ ।