images
images

निजगढ विमानस्थल बनाउने प्रक्रिया अघि बढाउनुपर्छः सांसद देवकोटा


  • 500
    SHARES
  • २०७९ जेठ १७ गते मंगलबार

    निजगढ विमानस्थल बनाउने प्रक्रिया अघि बढाउनुपर्छः सांसद देवकोटा

    काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सुरु भएको सैद्धान्तिक छलफलमा स्वतन्त्र सांसद खिमलाल देवकोटले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन् । 

    निजगढ विमानस्थल नबनाउने र बनाउन नदिने चलखेल बढेको भन्दै उनले निजगढ विमानस्थल बजेटमा समावेश भएकाले कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 

    सर्वोच्च अदालतको हालैको फैसलाले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो । तथापि, सरकारको नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने समावेश गरिएको छ । यो विमानस्थल निर्माणका लागि हालसम्म नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । विमानस्थल क्षेत्रमा पर्ने ८ हजार ५० हेक्टर जग्गा विमानस्थलका नाममा आइसकेको प्राधिकरणले जनाएको छ ।

    नेपाली कांग्रेसका सांसद कमलादेवी पन्तले कृषि र किसानलाई प्रोत्साहन हुनेगरी आएको बजेट जनताप्रति जिम्मेवार र जवाफदेही रहेको धारणा राख्नुभयो । उनले बजेटले ‘समान कामका लागि समान ज्याला’लाई प्राथमिकता दिएकोप्रति सकारात्मक टिप्पणी गरे ।

     

     


    images
    images

    Logo