काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज २ सय रुपैयाँले गिरावट आइ प्रतितोला ९८ हजार रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्यमा १५ रुपैयाँले गिरावट आएर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।