काठमाडौ । उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसले स्पष्ट बहुमत हासिल गरेको छ । १६ वडा रहेको नगरमा मेयर र ९ वडा अध्यक्षमा जित हात पार्दै नेपाली काँग्रेसले स्पष्ट बहुमत सहित नगरको पहिलो दल बन्न सफल भएको हो ।
त्रियुगा नगरपालिकामा मेयर, उपमेयर, १६ जना वडाध्यक्ष र ६४ जना वडा सदस्य गरि कुल ८२ जनाको नगरसभा रहन्छ । यसमध्ये काँग्रेसबाट मेयर, ९ जना वडाध्यक्ष, १५ जना खुला सदस्य, ८ जना महिला सदस्य र ९ जना दलित महिला सदस्य समेत गरी ४२ जना निर्वाचित भएका छन् ।
त्यस्तै, एमालेबाट उपमेयर, ४ जना वडाध्यक्ष, १० जना खुला सदस्य, ५ जना महिला सदस्य र ४ जना दलित महिला सदस्य निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रबाट ३ जना वडाध्यक्ष, ६ जना खुला सदस्य, ३ जना महिला सदस्य र ३ जना दलित महिला सदस्य निर्वाचित भएका छन् । यसअघि नगरपालिकाको नेतृत्व लिएको एकीकृत समाजवादीको भने एकजना खुला सदस्य मात्रै निर्वाचित भएका छन् । यो आधारमा नगरसभामा नेपाली काँग्रेसको बहुमत देखिन्छ ।
उता नगर कार्यपालिकामा मेयर, उपमेयर, १६ जना वडाध्यक्षसहित १८ जना निर्वाचित भएर आइसकेका छन् । त्यसमध्ये काँग्रेसबाट १० जना, एमालेबाट ५ जना र माओवादी केन्द्रबाट ३ जना सदस्य छन् । अब नगरसभामा चुनिएका महिला सदस्यमध्ये ३ जना र २ जना दलित र अल्पसंख्यक समुदायबाट निर्वाचित हुन बाँकी छ । नगरसभाको बहुमतबाट यी सदस्यको निर्वाचन हुने र नगरसभामा काँग्रेसको बहुमत भएका कारण ती सदस्य समेत काँग्रेसले चाहेको व्यक्ति आउने अवस्था छ । नगर कार्यपालिकामा समेत काँग्रेस आरामदायी बहुमतमा आउने अवस्था छ ।
त्रियुगालाई नगरपालिका घोषणा गरेपछि नेपाली काँग्रेसको नेतृत्वमा पहिलोपटक नगर कार्यसमिति बनेको हो । पहिलोपटक नेतृत्व पाएको काँग्रेसले नगरसभा र नगर कार्यपालिकामा आरामदायी बहुमत समेत प्राप्त गरेको छ ।
कुन वडामा कस्तो आयो परिणाम ?
१ नं वडामा नेपाली कांग्रेसका मनाेज कुमार चाैधरी,७२६ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी दिलिप कुमार चाैधरी, नेकपा एमाले, ४४५ मत ।
२ नं वडामा घमानसिंह खत्री,नेकपा एमाले, १०५१ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी टिकाराम बुढाथाेकी, नेपाली कांग्रेस, ९९२ मत ।
३ नं वडामा तिलक बहादुर कटुवाल, नेपाली कांग्रेस, १०९४ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी नेकपा एमाले, धर्मबहादुर तामाङ, ८२७ मत ।
४ नं वडामा बद्री बस्नेत, नेपाली कांग्रेस, ६२१ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी सुवास कुमार निरैला, नेकपा ए
५ नं वडामा उद्वव कुमार थापा, नेपाली कांग्रेस, १५९४ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी राधारमण खतिवडा, नेकपा माओवादी, ८११ मत ।
६ नं वडामा योगेन्द्र बहादुर दहाल, नेकपा एमाले, १२९७ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी राकेश कुमार चौधरी, नेकपा एस, ८०२ मत ।
७ नं वडामा अमर बहादुर दनुवार, नेकपा एमाले, ११०७ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी गम्भीर बहादुर पांगलटारे, नेपाली कांग्रेस, ८६८ मत ।
८ नं वडामा, राजकुमार राउत नेपाली कांग्रेस, ७७३ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी नवराज कार्कि, नेकपा एमाले, ७०४ मत ।
९ नं वडामा, राजकुमार दनुवार, नेपाली कांग्रेस, ७९४ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी भरतराज दनुवार , नेकपा एमाले, ६५६ मत ।
१० नं वडामा, किरण पाण्डे , नेकपा एमाले, १०५३ मत । गोलातान्दा बिजयी ।निकटतम प्रतिस्पर्धी प्रकाश खड्का , नेपाली कांग्रेस, १०५३ मत ।
११ नं वडामा, सुमन्त कोईराला नेपाली कांग्रेस, १६५७ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी दिलबहादुर तामाङ , नेकपा एमाले, १०३४ मत ।
१२ नं वडामा, चुडाराज काफ्ले, नेपाली कांग्रेस, ४३९ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी रमेश राउत क्षेत्री, नेकपा एमाले, ४०८ मत ।
१३ नं वडामा नवीन कुमार चाैधरी, नेपाली कांग्रेस, ९६० मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी राम प्रसाद कट्टेल, नेकपा एमाले, ९२३ मत ।
१४ नं वडामा हिमराज मगर, नेकपा माओवादी, ६६२ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी मेघजित राई, नेकपा एमाले,५०१ मत ।
१५ नं वडामा गणेश प्रसाद तिम्सिना, नेकपा माओवादी, ९६१ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी निरबहादुर आले मगर, नेपाली कांग्रेस, ६७२ मत ।
१६ नं वडामा मानबहादुर राई, नेकपा माओवादी, ९३२ मत ल्याई बिजयी । निकटतम प्रतिस्पर्धी रामबहादुर मगर, नेपाली कांग्रेस, ३३१ मत ।



