images
images

दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ जेठ २६ गतेदेखि


  • 511
    SHARES
  • २०७९ जेठ १७ गते मंगलबार

    दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ जेठ २६ गतेदेखि

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बाँकी रहेको २ लाख ९७ हजार कित्तासहित गरी २१ लाख ९५ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। 

    निष्काशन गरिने कुल शेयरमध्ये  ६५ हजार ८ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने १ लाख ९ हजार ७ सय ७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको २० लाख १९ हजार ८ सय ३९ कित्ता शेयरमा सर्वसाधारण आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा जेठ ३१ गते र ढिलोमा असार ९ गते हुनेछ ।


    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

     


    images
    images

    Logo