images
images

वैदेशिक रोजगारीको नाममा साढे दुई करोड ठगी, पाँच पक्राउ


  • 600
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    वैदेशिक रोजगारीको नाममा साढे दुई करोड ठगी, पाँच पक्राउ

    काठमाडौं । भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ राईनास नगरपालिका मधुविलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिकाका  होमबहादुर खड्का, काठमाडौं कागेश्वरीमनोहरा नगरपालिकामा बस्ने ३५ वर्षीया रञ्जना ढकाल प्याकुरेल र सोही ठाउँका ४० वर्षीय सन्तोष प्याकुरेल तथा रुपन्देही देवदह नगरपालिकाका राजु भन्ने खुमबहादुर बस्याल रहेका छन् ।

    उनीहरुले दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसीको सञ्चालक कोमलराज उपाध्यायसमेतको गिरोहले आम्र्स गार्डमा ५ सय को आवश्यकता भएको र मासिक ३ हजार दिरामसम्म पाउने भनी प्रलोभनमा पारेर प्रतिव्यक्ति ३ लाख ५० हजारदेखि आठ लाखसम्म खर्च लाग्ने भनी ठगेको खुलेको छ ।  

    गिरोहले फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको पेजमा भ्रमात्मक विज्ञापन राखी आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई दुबईमा पु¥याएर काममा नलगाई बिचल्ली बनाएर फरार भएका खुल्न आएको छ । 

    उक्त घटनामा संलग्न उनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले सर्लाही, रुपन्देही र काठमाडौँका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको आज एक सूचना जारी गरी जनाइएको छ ।  

    नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल र दुबईस्थित विभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो । 

    हालसम्म ७६ पीडितहरुबाट २ करोड ४३ लाख ३६ हजार ठगी भएको खुल्न आएको छ । उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जनाइएको छ । 


    images
    images

    Logo