काठमाडौं । सरकारले आइतबार भएको तारा एयरको जहाजको दुघटनाको अनुसन्धानका लागि ५ सदस्यीय आयोग गठन गरेको छ । सोमबार दुर्घटना अनुसन्धानका लागि आयोग गठनका लागि मन्त्रीस्तरीय निर्णय भएको हो।
यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।
यस अन्तर्गत इन्जिनियर सुमनसहित क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिराज शाक्य, सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।
आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा विमानमा रहेका सबै २१ जनाको मृत्यु भएको थियो ।



