काठमाडौं । यो साता मन्त्रिपरिषद् बैठकमा विभिन्न १० वटा निर्णयहरु भएका छन् । शुक्रबार र आइतबार बसेको सो बैठकले बजेटसँग सम्बन्धित विधेयक लगायत विभिन्न प्रस्तावहरुलाई स्वीकृत गरेको हो ।
शुक्रबारको बैठकले विभिन्न ८ निर्णय गरेको छ । जसमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंहलाई बेल्जियमको ब्रसेल्समा हुने कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय भवनका लागि नेपाल बैंकको स्वामित्वमा रहेको जग्गा लिजमा लिन समेत राष्ट्र बैंकलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
गणतन्त्र दिवसको अवसरमा १६ जना कैदीबन्दीको सजाय माफ गर्न समेत मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । त्यसबाहेक मन्त्रिपरिषद्ले सुरक्षण मुद्राण विकास समितिका कार्यकारी निर्देशक विकल पौडेललाई अर्को कार्यलकालमा निरन्तरता दिने निर्णय गरेको छ ।
उता नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गरिएको छ ।
त्यस्तै, स्वास्थ्य मन्त्रालयको प्रस्तावमा थापाथली प्रसुती अस्पतालमा कार्यरत अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट डा. जगेश्वर शर्माले दिएको राजीनामा स्वीकृत दिएको छ । लोक सेवा आयोगको सिफारिस बमोजिम निजामति सेवाको राजपत्रङक्कि पदमा नियुक्त तथा पदस्थापना गर्ने निर्णय गरेको छ ।
उता १५ गते आइतबार बसेको बैठकले २ निर्णय गरेको छ । जसमध्ये अर्थ मन्त्रालयले बजे तथा अर्थ सम्बन्धी संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । यसका साथमा अर्थ मन्त्रालयले मुल्य अभिवृद्धि कर सम्वन्धी नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।



