काठमाडौं । बजेट सार्बजनिक भएको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.३३ अंकले घटेर २ हजार १ सय ७३ दशमलव ४४ विन्दुमा पुगेको छ । आज शेयर कारोवारको पहिलो दिन सोमबार २ सय २७ कम्पनीको १ अर्ब ३३ करोड रुपैयाँ बराबरको ३४ लाख ५६ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज कारोवारमा आएका सवै समुहका परिसुचक घटेको छ । सोमबार ५ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ८७ कम्पनीको शेयर मुल्य घटेको छ । शेयर बजारमा पहिरो जाँदा पनि बलेफी हाइड्रोपावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको ९.९९ प्रतिशतले बढेको छ भने उपकार लघुवित्तको ८.२३ प्रतिशतले बढेको छ । त्यस्थै सर्वाधिक गुमाउनेमा नेपाल इन्भेष्टमेन्ट रहेको छ । यस कम्पनीले ९.९९ प्रतिशतले गुमाएको छ ।
सोमबार नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ता कमाएका छन् यस कम्पनीको ४ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । भने दोस्रो स्थानमा अरुण भ्याली हाइड्रोपावरको ४ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।



