काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटबारे पुरानो धारण त्याग्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०७८÷७९ को बजेटपछि आयोजित पत्रकार सम्मेलनमा उनले बजेट भन्नेबित्तिकै हाम्रो गाउँमा बाटो पर्यो कि परेन भन्ने धारणा रहेको भन्दै यसलाई त्यागेर बजेटलाई समग्रतामा हेर्नुपर्ने बताए ।
शर्माले बजेटले आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण र राष्ट्रिय हितको संरक्षण गर्ने विषय समेट्ने उल्लेख गरे ।