images
images

त्रियुगाको मेयरमा पहिलो पटक कांग्रेस, बस्नेत बने मेयर, कस्को कति ?


  • 745
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    त्रियुगाको मेयरमा पहिलो पटक कांग्रेस, बस्नेत बने मेयर, कस्को कति ?

    काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा पहिलो पटक नेपाली कांग्रेसले बाजि मारेको छ । भरखरै घोषित परिणाम अनुसार कांग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित भएका छन् । २०५३ सालमा नगरपालिका घोषणा भएयता कांग्रेसले मेयर जितेको यो पहिलोपटक हो । यसअघि त्रियुगामा नेकपा एमालेले जित हात पार्दै आएको थियो । 

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उमेदवार बलदेव चौधरीसंग झिनो मत अर्थात ७२ मतान्तरले पराजित बस्नेतले यसपटक सानदार जित निकालेका हुन । त्यतिबेला कांग्रेसले उप मेयरमा भने जित हात पारेको थियो । अन्यत्र सत्तारुढ दलले गठबन्धन गरेपनि कांग्रेसले त्रियुगा नगरपालिकामा एक्लै चुनाव लडेको थियो ।

    कांग्रेससंग नेकपा एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो भने नेकपा माओवादी र नेकपा एसले गठबन्धन बनाएर प्रतिस्पर्धा गरेका थिए । गठबन्धनका तर्फबाट निर्वतमान मेयर बलदेव चौधरीले यसपटक तेस्रो मत पाएका छन् ।
    मेयरमा बिजयी कांग्रेस उमेदवार बसन्त बस्नेतले निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत भन्दा करिव दुई हजार ८६ मत बढी ल्याएर बिजयी भएका हुन । उप मेयरमा भने एमालेकी महेश्वरी राई कांग्रेसकि सरिता राईलाई पछिपार्दै बिजय हात पारिन । उनले करिव १ हजार ७ सय २२ मतले  सरितालाई पछि पारेकी हुन ।

     मेयरमा बस्नेतले १३ हजार ९ सय ५९ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत पाएका छन् ।  नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ९ हजार १ सय ४७ मत पाएका छन ।  उप प्रमुखमा एमालेकी महेश्वरी राईले १३ हजार ७ सय ३ मत पाउँदै जित निश्चित  बनाएकी छन । कांग्रेसकि सरिता राईले ११ हजार ९ सय ८१ मत ल्याएकी छिन ।  माओवादी केन्द्रकि गीता खड्काले खड्काले ६ हजार ५ सय ६८ मत ल्याएकी छिन । 

    नगरका १६ वडामध्ये ९ वटा वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार बिजयी भएका छन् । त्यस्तै एमालेका ४ र माओवादीले ३ वडाध्यक्षमा जित हात पारेका छन । त्रियुगा नगरपालिकामा ४० हजार १ यश ५९ मत खसेको थियो । त्रियुगा नगरपालिका १२ नं वडामा बैशाख ३० गते निर्वाचन सकिन दुई घण्टा अघि भएको  बिवादका कारण तनगरको मतगणना जेठ १० गतेदेखि मात्र शुरू भएको थियो ।

    truga-1.jpg

    पछिल्लो घोषित मत परिणाम अनुसार ११ नं वडाध्यक्षमा नेपाली कांग्रेसका सुमन्त कोईराला बिजयी भएका छन् । त्यस्तै १२ नं को वडाध्यक्षमा कांग्रेसकै चुडाराज काफ्ले बिजयी हुंदा १० नं को वडाध्यक्षमा मत बरावर भएपछि  गोला तान्दा एमालेका किरण पाण्डे बिजयी भएका छन् ।  यसैबीच मतगणना सकिए लगत्तै त्रियुगा नगरपालिकाको मेयरमा बिजयी नेपाली कांग्रेसका उमेदवार बसन्त बस्नेतलाई मेयरका निकटतम प्रतिस्पर्धी एमाले उमेदवार भागवत राउतले बधाई तथा शुभकामना दिएका छन् । गणनास्थलमैँ राउतले बस्नेतलाई बधाई तथा शुभकामना दिएका हुन ।

     


    images
    images

    Logo