काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।
नगर कार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । सोही बैठकबाटै प्रत्यक्ष प्रशारण गर्ने साहले बताए । साथै साहले काठमाडौंको फोहोरमैला व्यवस्थापन कुनै खादा–माला नलगाउनी र कुनै खुसी नमनाउने समेत बताएका छन् ।