काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ९८ हजारमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार २ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।