images
images

काठमाडौं महानगरपालिकाका १६० जनप्रतिनिधिद्वारा पदबहाली गर्दै


  • 301
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    काठमाडौं महानगरपालिकाका १६० जनप्रतिनिधिद्वारा पदबहाली गर्दै

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज  पदबहाली गर्ने भएका छन् ।   गत काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएकी छिन् ।  

    काठमाडौं महानगरपालिकाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १ सय ६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १ सय ६० जनप्रतिनिधि रहनेछन् ।     

    काठमाडौं महानगरपालिकाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी  ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो । कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् । वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहका ईश्वरमान डङ्गोल विजय भएका छन् ।  

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणनाकार्य ३१ गते शनिबारदेखि सुरु गरी गत शुक्रबार प्रमुख उपप्रमुखसहितको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो । तीन लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरपालिकामा करिब एक लाख ९० हजार ९ सय ६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ । यसमा सात हजार ६ सय ८२ मत पूर्ण बदर भएको बताइएको छ । 


    images
    images

    Logo