images
images

त्रियुगामा नौ सय मत गन्न बाँकी, मेयरमा बस्नेत र उपमेयरमा को, कस्को कति ?


  • 1.8K
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    त्रियुगामा नौ सय मत गन्न बाँकी, मेयरमा बस्नेत र उपमेयरमा को, कस्को कति ?

    काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । बिहान ५ वजे सम्म ३९ हजार २ सय मत गनिसकिएको छ ।अब करिव नौ सय मत गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

    पछिल्लो मत परिणाम अनुसार निर्वाचनका दिन बिवाद भएको वडा नं १२ को अन्तिम मत परिणाम घोषणा भएको छ । जसमा नेपाली काँग्रेसका वडाध्यक्षका उमेदवार चुडाराज काफ्ले सबै टिमसहित बिजयी भएका छन् । गणना भइराखेको वडा नं ११ मा पनि काँग्रेसकै सुमन्त कोईरालाको अधिकांश टिम स्पस्ट अगाडि रहेका छन् । सो वडामा करिव छ सय मत गन्न बाँकि छ । 

    त्यस्तै वडा नं १० मा करिव ३ सय मत गन्न बाँकिहुँदा वडाध्यक्षमा काँग्रेसकै  प्रकाश खड्काले झिनो अग्रता लिएका छनभने अन्य सदस्यमा नेकपा एमालेका उमेदवार अगाडि छन ।पछिल्लो मत परिणाम अनुसार मेयर नेपाली काँग्रेसका 

    उमेदवार बसन्त बस्नेतले  एमालेका भागवत राउत भन्दा करव दुई हजार मतले अघि रहेका छन् । उप मेयरमा भने एमालेकी महेश्वरी राई काँग्रेसकि सरिता राईभन्दा करिव एक हजार मतले अघि हुंदा दुवैको जित निश्चित भइसकेको छ ।
     मेयरमा बस्नेतले १३ हजार २ सय ६३ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका भागवत राउतले ११ हजार २ सय ३२ मत पाएका छन् ।  नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ८ हजार ८ सय ९९ मत पाएका छन ।

     उप प्रमुखमा एमालेकी महेश्वरी राईले १२ हजार २ सय ७५ मत पाउँदै जित निश्चित  बनाएकी छन । काँग्रेसकि सरिता राईले ११ हजार  ८९ मत ल्याएकी छिन ।  माओवादी केन्द्रकि गीता खड्काले खड्काले ६ हजार २ सय ३१ मत ल्याएकी छिन । त्रियुगा नगरपालिकामा ४० हजार १ यश ५९ मत खसेको थियो ।


    images
    images

    Logo