काठमाडौं । सरकारले घरजग्गा बेचविखन गर्दा हुने लाभकरमा भारी वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले यस्तो कर दोब्बर पुर्याएको हो ।
यसअनुसार ५ वर्षभन्दा बढी अवधि होल्ड गरेर जग्गा बिक्री गर्दा प्राप्त हुने लाभकर २.५ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याइएको छ । ५ वर्षभन्दा कम समय होल्ड गरेर जग्गा बिक्री गर्दा हुने लाभकर ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याइएको छ ।