images
images

कुन तहका कर्मचारीको तलब कति पुग्यो ?


  • 1.7K
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    कुन तहका कर्मचारीको तलब कति पुग्यो ?

    काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । बजेट वक्तव्यमार्फत् अर्थमन्त्री जनार्दन शर्माले सबै प्रकारका राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले बढाउने घोषणा गरेका हुन् । यो घोषणासँगै कर्मचारीको तलब ग्रेडबाहेक न्यूनतम  २६ हजार ८२ रुपैयाँदेखि ७७ हजार २१० रुपैयाँ पुगेको हो । 

    नेपाल सरकारको मुख्यसचिवको तलब यसअघि ६७ हजार १ सय ४० रुपैयाँ थियो । अब यो बढेर ७७ हजार २ सय ११ रुपैयाँ पुगेको छ । त्यस्तै, सचिवको तलब ६२ हजार ६ सय ८० रुपैयाँबाट ७२ हजार ८२ रुपैयाँ पुगेको छ । 

    सहसचिवको तहको कर्मचारीको तलब ४९ हजार ३ सय ८० बाट बढेर ५६ हजार ७ सय ८७ रुपैयाँ पुगेको छ । 

    उपसचिवको तहको कर्मचारीको तलब ४२ हजार ३ सय ८० बाट बढेर ४८ हजार ७ सय ३७ रुपैयाँ पुगेको छ । 

    शाखा अधिकृतको तलब ३७ हजार ९ सय ९० रुपैयाँबाट बढेर ४३ हजार ६ सय ८८ रुपैयाँ पुगेको छ । 

    नायव सुब्बा तहको कर्मचारीले यसअघि मासिक ३० हजार २०० रुपैयाँ पाउँदै आएकोमा अब ३४ हजार ७ सय ३० रुपैयाँ पाउनेछन् । 

    खरिदार तहको कर्मचारीको तलब २८ हजार ६ सय १० रुपैयाँबाट बढेर ३२ हजार २ सय ९० रुपैयाँ पुगेको छ । 

    सबैभन्दा कम तलबमान भएको कार्यालय सहयोगीको तलब २२ हजार ६ सय ८० रुपैयाँ रहेकोमा यो बढेर २६ हजार ८२ रुपैयाँ पुगेको छ । 

    यो तलबमानमा ग्रेड वृद्धिबापतको थप हुने रकम समावेश गरिएको छैन । 


    images
    images

    Logo