images
images

आर्थिक बर्ष २०७९/८० को बजेट सार्वजनिक (पुर्णपाठसहित)


  • 651
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    आर्थिक बर्ष २०७९/८० को बजेट सार्वजनिक (पुर्णपाठसहित)

    काठमाडौं । सरकारले आर्थिक बर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बराबर बजेट ल्याएका हुन् ।

    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र  पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेका छन् । यस्तै वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताएका छन् । 

     


    images
    images

    Logo