images
images

आगामी आर्थिक बर्षको बजेटः १७ खर्ब ९३ अर्ब ८३ करोड, यस्ता छन् पछिल्ला ६ वर्षको बजेट


  • 316
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    आगामी आर्थिक बर्षको बजेटः १७ खर्ब ९३ अर्ब ८३ करोड, यस्ता छन् पछिल्ला ६ वर्षको बजेट

    काठमाडौँ ।  सरकारले कूल  १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक बर्षको भन्दा ठूलो हुने गरी प्रस्तुत गरेका हुन् ।

    सरकारले राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड  रुपैयाँ बराबर जोहो गर्ने छ । यस्तै वैदेशिक अनुदानबाट  ५५ अर्ब ४६ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब  रुपैयाँ बराबरकोे आन्तरिक ऋणबाट जोहो गर्नेछ ।

    सरकारले चालु आर्थिक बर्षमा १६ खर्ब ४७ अर्ब ५७ करोड  रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । त्यसमा सङ्घले गर्ने खर्च  ६ खर्ब ७८ अर्ब ६१ करोड बराबर थियो । त्यस्तै पूँजीगततर्फ ३ खर्ब ७४ अर्ब २६ करोड अर्थात् २२.७ प्रतिशत बराबर थियो । त्यस्तै वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड बराबर थियो । त्यस्तै प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बराबर उपलब्ध गराइएको थियो ।

    त्यस्तै आर्थिक बर्ष २०७७÷७८ मा कूल १४ खर्ब ४४ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो । सो बजेटमा चालुतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३.४ र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड ११.७ बराबरको व्यवस्था गरिएको थियो ।

    त्यसतर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड, वैदेशिक ऋणबाट  २ खर्ब ९९ अर्ब ५० करोड, आन्तरिक ऋणबाट रु दुई खर्ब २५ अर्ब बराबरको व्यवस्था गरिएको थियो । आर्थिक बर्ष २०७६÷७७ मा कूल  १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बराबरको बजेट ल्याइएको थियो । त्यसतर्फ चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२.४ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब आठ अर्ब ५९ लाख अर्थात् २१।६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत बराबरको व्यवस्था गरिएको थियो ।

    त्यसमा राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट रु ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋणबाट रु दुई खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख र आन्तरिक ऋणबाट रु एक खर्ब ९५ अर्ब बराबरको जोहो गरिने प्रबन्ध गरिएको थियो ।

    सरकारले आर्थिक बर्ष २०७५र७६ मा कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । त्यस आर्थिक बषको बजेटमा चालुतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत, पूँजीगत खर्चतर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात् ११.८ बराबरको व्यवसथा गरिएको थियो । त्यस आवमा राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख, वैदेशिक अनुदानतर्फ ५८ अर्ब ८१ करोड ५५ लाख, वैदेशिक ऋणतर्फ २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब बराबर जोगाड गरिएको थियो ।

    आव २०७४÷७५ मा सरकारले १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो । त्यसतर्फ  ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार अर्थात् ६२.८, पूँजीगततर्फ  ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार अर्थात् २६.२ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १ खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजार बराबरको विनियोजन गरिएको थियो ।

    सरकारले राजस्वबाट ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख ७० हजार रुपैयाँ, वैदेशिक अनुदानबाट ७२ अर्ब १६ करोड ७६ लाख २८ हजार रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब १४ अर्ब तीन करोड ५४ लाख २९ हजार रुपैयाँ, आन्तरिक ऋणबाट १ खर्ब ४५ अर्ब रुपैयाँ, त्यस वर्षको मौज्दातबाट १ खर्ब २ अर्ब ७३ करोड ६२ लाख २८ हजार रुपैयाँ बराबरको जोगाड गरिएको थियो ।

     


    images
    images

    Logo