काठमाडौं । सकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निस्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ।
धितोपत्र बजारलाई प्राथमिकतामा राख्दै आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो व्यवस्था गरेको बताएका हुन् ।
सरकारले बैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्ने भएको छ । विदेशमा रहेका नेपाली नागरिकको लगानी धितोपत्र बजारमा भित्र्याउने उद्देश्य सहित सरकारले यो व्यवस्था लागू गरेको हो ।