काठमाडौं । सरकारले इन्टरनेटको शुल्क घटाउने भएको छ । आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् । साथै इन्टरनेटको विस्तार गरिने पनि शर्माले बताएका छन् ।