काठमाडौं। सरकारले आगामी वर्षदेखि २५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको छ । आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् ।
शर्माले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई एकमुस्टरुपमा ५ हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने बताएका छन् ।