काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बराबर बजेट विनियोजन गरेका हुन् ।
नदीले कटान गरेका जमिनको संरक्षण, बायो इन्जिनियरिङ सहितको भूसंरक्षण, वर्षातको पानी सङ्कलन, सिमसार संरक्षण, बाँस रोपन कार्य लगायतका काम गरी चुरे संरक्षणको काम गर्ने जानकारी गराए । यस्तै सरकारले हरियाली प्रवर्द्धन गर्ने अन्तर्गत देशभर १० हजार बहुवर्षीय बिरुवाहरु रोपिने पनि उनले बताए ।