काठमाडौं । स्वदेशको काठ खेर जाने र विदेशबाट र्फिचर आयात गर्नुपर्ने बाध्यता हट्ने भएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजी जग्गामा रहेका काठलाई निर्वाध रुपमा ओसारपसार गर्न सकिने व्यवस्था मिलाउने बताएका हुन् ।
यसअघि निजी जग्गामा उत्पादन हुने काठलाई ओसारपसार गर्न समेत निकै ठूलो झन्झट थियो । यही भएर स्वदेशमा काठ उत्पादन भएर पनि फर्किचर आयात गर्नुपर्ने बाध्यता थियो ।