काठमाडौं । सरकारले आगामी वर्ष रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन गरेको छ । आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बराबर बजेट विनियोजन गरेका हुन् ।
सरकारले गत वर्ष १५ अर्ब विनियोजन गरेको थियो । पछि अपुग भएपछि पुनः ३ अर्ब गरी १५ अर्ब पुर्याइएको थियो ।