काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष नेपालको आयात ३० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै पालको व्यापारघाटा घटाउने रणनीति लिने जनाएका छन् ।
उनले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाइने बताए ।