काठमाडौं । पोखराबाट जोमसोम हिडेको जहाज बेपता भएपछि सेनाको हेलिकप्टर परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार मुस्ताङ र पोखरावाट दुईवटा निजी हेलिकप्टर प्रयोग गरि जहाज खोजी भइरहेको छ ।
सम्पर्कविहीन भएको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।
मुस्ताङको घाँसामा ठूलो आवाज सुनेपछि स्थानीयले खबर गरेका थिए । तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन । प्रहरीका अनुसार यो सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको छ ।