images
images

आजको मौसम : यी क्षेत्रमा चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने


  • 417
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    आजको मौसम : यी क्षेत्रमा चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने

    काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशमा आंशिक देखि  सामान्य बदली  रही बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश  लगायत देशका पहाडी भू–भागका केही  स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग  र  हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले विभागले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ।


    images
    images

    Logo