images
images

श्वेत गंगा हाइड्रोपावरको आईपीओ जेठ २३ गतेदेखि


  • 662
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    श्वेत गंगा हाइड्रोपावरको आईपीओ जेठ २३ गतेदेखि

    काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले जेठ २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले १५ लाख ९३ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्र रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउपालिकाको वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउपालिकाको वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि ११ लाख १५ हजार १सय कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउपालिकाको वडा नं. ५, ६ र ७ र मन्थली नगरपालिकाको वडा नं. ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नं.१ र ३ का बासिन्दाका लागि ३ लाख ९८ हजार २ सय ५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउपालिकाको वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउपालिकाको वडा नं. १, २ र ३ लाख  ७९ हजार ६ सय ५० कित्ता छुट्याइएको छ ।

    यस्तो निष्काशन बन्द छिटोमा असार ६ गते र ढिलोमा असार २१ गते हुनेछ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo