images
images

त्रियुगाको मेयरमा कांग्रेस र उप मेयरमा एमालेको अग्रता, कस्को कति ?


  • 879
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    त्रियुगाको मेयरमा कांग्रेस र उप मेयरमा एमालेको अग्रता, कस्को कति ?

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मेयर नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउदै लगेका छन् । उपमेयरमा भने  एमाले उम्मेदवारले कांग्रेसकी उम्मेदवारलाई पछि पारेकी छिन । आईतवार बिहान ४ः३० वजेको गणना अनुसार कांग्रेसका मेयर उम्मेदवार बसन्त बस्नेतले  एमालेका भागवत राउत भन्दा १ हजार ९ सय ३७ मतले अघि रहेका छन् । 

    उप मेयरमा भने एमालेकी महेश्वरी राई कांग्रेसकी सरिता राईभन्दा १ सय ६६ मतले अघि रहेकी छिन ।  पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार बसन्त बस्नेतले १० हजार ७ सय १४ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका भागवत राउतले ८ हजार ७ सय ७७ मत पाएका छन् ।  नेकपा एसका उम्मेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ७ हजार ४ सय १० मत पाएका छन ।

     उप प्रमुखमा एमालेकी महेश्वरी राईले ९ हजार ६ सय ६६ मत पाउँदै अग्रता लिएकी छन । कांग्रेसकि सरिता राईले ९ हजार ५ सय मत ल्याएकी छिन ।  माओवादी केन्द्रकि गीता खड्काले खड्काले ५ हजार ६ सय ४३ मत ल्याएकी छिन ।

    पछिल्लो बिवरण अनुसार १, २, ३, ४, ५, ६, ७, ८, १३, १४, १५ र १६ वडाको मतगणना सम्पन्न भएको छ ।  अहिले वडा नं ९, १०  र ११ को मतगणना भइरहेको छ । राति वडा नं ६, ७ र ८ को मतगणना सकिदा दुई वडाध्यक्षमा एमाले र एकमा कांग्रेसले बाजि मारेको छ ।

     ६ नं वडनको वडाध्यक्षमा एमालेका योगेन्द्र बहादुर दाहाल, ७ नं मा एमालेकै अम्बर बहादुर दनुवार बिजयी भएका छन् । वडा नं ८ मा भने कांग्रेसका राजकुमार राउतले वडाध्यक्षमा जित  हात पारेका छन । अहिले गणना भइराखेको ९ र ११ मा कांग्रेस र १० मा एमालेका उमेदवार अगाडि रहेका छन । 

    चुनाका दिन बिवाद भएको १२ नं वडामात्र गणना शुरू हुन बांकी छ । त्रियुगा नगरपालिकामा ४० हजार १ सय ५९ मत खसेको थियो ।

     


    images
    images

    Logo