काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन नेपालसँग आफ्नै पैसा भएको बताएका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले त्यही कारणले नीति तथा कार्यक्रममा बुढीगण्डकी जलविद्युत् आयोजना आफैं बनाउन लागेको बताए ।
यद्यपि उनले यो कति लागतमा, कहिलेसम्म र कसरी बन्छ भने बताएनन् । सांसदहरुले प्रधानमन्त्रीसँग यसबारे प्रष्ट जवाफ खोजेका थिए ।