images
images

चुनावमा धाँधली भएको ओलीको आरोपबारे देउवाले दिए जवाफ


  • 321
    SHARES
  • २०७९ जेठ १४ गते शनिबार

    चुनावमा धाँधली भएको ओलीको आरोपबारे देउवाले दिए जवाफ

    काठमाडौं । निर्वाचनमा धाँधली भएको भन्ने प्रमुख प्रतिपक्षी दलको आरोपकारे प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिएका छन् । 

    प्रतिनिधिसभाको शनिबार बसेको दोस्रो बैठकमा देउवाले निर्वाचनमा छिटपुट घटनालाई धाँधलीको संज्ञा दिन नहुने भन्दै जवाफ दिएका हुन् । 

    उनले आफू लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिवद्ध भएको भन्दै अहिलेको निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराएको र अर्को निर्वाचन समेत निष्पक्ष गर्ने प्रतिवद्धता व्यक्त गरे । 

    उनले निर्वाचनमा आफ्नो दल र गठबन्धनले राम्रो नतिजा ल्याए पनि विपक्षी दलहरुले ल्याएको जनमतको अपमान आफूले गर्न नचाहेको बताए । 

    उनले सार्वजनिक संस्थानको सुधारका लागि नीति तथा कार्यक्रम ल्याइएको भन्दै यसलाई निजीकरण वा खारेज गर्ने सरकारको कुनै सोच नभएको बताए । 


    images
    images

    Logo