images
images

त्रियुगाको ९ वटा वडाको मतपरिणाम सार्वजनिक, कस्ले कुन वडा जिते ? (नाम र मतसहित)


  • 929
    SHARES
  • २०७९ जेठ १४ गते शनिबार

    त्रियुगाको ९ वटा वडाको मतपरिणाम सार्वजनिक, कस्ले कुन वडा जिते ? (नाम र मतसहित)

    काठमाडौ । त्रियुगा नगरपालिकाका पाँच वटा वडा अध्यक्षमा नेपाली काँग्रेसले  जित हात पारेको छ । अन्तिम मत परिणाम आएका ९ मध्ये काँग्रेसले ५ वटामा जित हासिल गर्दै नगरमा पहिलो दल बन्ने संकेत देखाएको हो । 

    हालसम्म घोषणा भएका मध्ये  नेकपा माओवादीले ३ वटा वडाध्यक्ष जितेको छ । त्यस्तै नेकपा एमालेले एउटा वडामा जित निकालेको छ । हाल गणना भइराखेका तीनवटा वडामध्ये दुईमा एमाले र एकमा माओवादीले अग्रता लिएका छन् ।

    कहाँ कसले जिते, कसले हारे  ?

    वडा नं १ मा नेपाली काँग्रेसका मनोज कुमार चाौधरी,७२६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले दिलिप कुमार चौधरीले ४४५ मत ल्याए ।

    वडा नं २ मा नेकपा एमालेका घमानसिंह खत्री १०५१ मत ल्याएर विजयी भएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस टिकाराम बुढाथोकीले९९२ मत ल्याए ।

    वडा नं ३ मा नेपाली काँग्रेसका तिलक बहादुर कटुवाल १०९४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर तामाङले ८२७ मत ल्याए ।

    वडा नं ४ मा नेपाली काँग्रेसका बद्री बस्नेत १६२१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुवास कुमार निरौलाले ५२० मत ल्याए ।

    वडा नं ५ मा नेपाली काँग्रेसका उद्वव कुमार थापा १५९४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका राधारमण खतिवडाले ८११ मत ल्याए ।

    वडा नं १३ मा नेपाली काँग्रेसका नवीन कुमार चौधरी ९६० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम प्रसाद कट्टेलले ९२३ मत ल्याए ।

    वडा नं १४ मा नेकपा माओवादी केन्द्रका हिमराज मगर ९६० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेघजीत राईले ५०१ मत ल्याए ।

    वडा नं १५ मा नेकपा माओवादी केन्द्रका गणेश प्रसाद तिम्सिना ९६१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका निरबहादुर आले मगरले ६७२ मत ल्याए ।

    वडा नं १६ मा नेकपा माओवादी केन्द्रका मानबहादुर राई ९३२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामबहादुर मगरले ३३१ मत ल्याए ।


    images
    images

    Logo