काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कर घटाएर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरन सुझाव दिएका छन् ।
प्रतिनिधसभा बैठकमा शनिबार बोल्दै अध्यक्ष प्रचण्डले मूल्य वृद्धि नरोकिए हो भने भान्साबाटै विद्रोह सुरु हुनसक्ने भन्दै मूल्य वृद्धिको मारबाट जोगाउन कर घटाएर भएपनि रोक्नु पर्ने बताएका छन् ।
‘पेट्रोलियम पदार्थमा छिमेकी देशहरूले कर छुट दिएर मूल्य समायोजन गर्ने प्रयास गरेका छन् भने हाम्रोमा पनि त्यसैगरी जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस् उनले भने ।