काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउदै लगेका छन् । एमालेका उम्मेदवार दोस्रो स्थानमा उक्लेका छन् भने नेकपा एसका उमेदवार झिनो मतान्तरमा तेस्रोमा झरेका छन् ।
शनिवार बिहान ४ः०० वजेको मतगणना अनुसार मेयर र उप मेयरको प्रतिस्पर्धामा कांग्रेस उमेदवार अगाडि देखिएका छन । मेयरमा दोश्रो र तेस्रोबीच भने कडा टक्कर देखिएको छ । पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार बसन्त बस्नेत १ हजार ८ सय २३ मतले र उप मेयरमा पनि कांग्रेसकै राईले ३ सय ५६ मतले अग्रता लिएकी छन ।
जसअनुसार मेयरमा कांग्रेसका बस्नेतले ८ हजार २ सय मत पाएका छन् । त्यस्तै नेकपा एमालेका भागवत राउतले ६ हजार ३ सय ७७ मत पाएका छन् । नेकपा एसका उम्मेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ६ हजार ३ सय ४ मत पाउँदा तेस्रो स्थानमा झरेका छन ।
उप प्रमुखमा कांग्रेसकी सरिता राईले अग्रता लिएकी छिन । राईले ७ हजार ४ सय १० मत पाएकी छिन । उनलाई एमालेकी महेश्वरी राई र माओवादी केन्द्रकी गीता खड्काले पछ्याउँदै छन । एमालेकी राईले ७ हजार ५४ मत र खड्काले ४ हजार ८ सय २५ मत ल्याएकी छिन । पछिल्लो बिवरण अनुसार १, २, ३, ४, ५, १३, १४, १५ र १६ वडाको मतगणना सम्पन्न भएको छ । अहिले वडा नं ६, ७ र ८ को मतगणना भइरहेको छ ।



