काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउदै लगेका छन् । तर मेयरको प्रतिस्पर्धामा दोस्रो र तेस्रोबीच भने कडा टक्कर देखिएको छ । शुक्रबार साँझ ८ः०० वजेसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका मेयरका उमेदवार बसन्त बस्नेत १ हजार ४ सय ५७ मतले र उप मेयरमा पनि कांग्रेसकै राईले ३ सय ९८ मतले अग्रता लिएकी छन ।
जसअनुसार मेयरमा कांग्रेसका बस्नेतले ७ हजार २ सय २७ मत पाएका छन् । त्यस्तै नेकपा एसका उम्मेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ५ हजार ७ सय ७० मत र नेकपा एमालेका भागवत राउतले ५ हजार ५ सय ६६ मत पाएका छन् । उप प्रमुखमा कांग्रेसकी सरिता राईले अग्रता लिएकी छिन । राईले ६ हजार ५ सय ४७ मत पाएकी छिन ।
उनलाई एमालेकी महेश्वरी राई र माओवादी केन्द्रकि गीता खड्काले पछ्याउँदै छन । राईले ६ हजार १ सय ४९ मत र खड्काले ४ हजार ४ सय ३७ मत ल्याएकी छिन ।
पछिल्लो बिवरण अनुसार १, २, ३, ४, ५, १३, १४, १५ र १६ वडाको मतगणना सम्पन्न भएको छ । पछिल्लो गणना अनुसार वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका बद्री बस्नेत र ५ नं को अध्यक्षमा उद्वव कुमार थापा बिजयी भएका छन् ।
अहिले वडा नं ६, ७ र ८ को मतगणना भइरहेको छ । त्रियुगा नगरपालिकामा ४० हजार १ यश ५९ मत खसेको छ ।



