काठमाडौं । भक्तपुरमा सरकारी जग्गा बिक्री गरेर ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका-७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षका ईश्वर गाईजु रहेका छन् ।
उनीहरुलाई भक्तपुर सुडालमा रहेको ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको निजी जग्गासमेत देखाएर उनीहरुले ५ करोड २० लाख ठगी गरेको आरोप रहेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको जनाएको छ ।