काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसका उमेदवारले मतान्तर बढाउदै लगेका छन् ।
शुरूवाति मतगणनामा काँग्रेस र नेकपा एसका उमेदवार बीच कडा टक्कर देखिएपनि पछिल्लो मतगणनामा मतान्तर बढ्दै गएको हो । शुक्रबार साँझ ६ः०० बजेसम्मको मतगणना अनुसार नेपाली काँग्रेसका मेयरका उमेदवार बसन्त बस्नेत १३१८ मतले र उपमेयरमा पनि काँग्रेसकै राईले ४ सय १ मतले अग्रता लिएकी छन ।
जसअनुसार मेयरमा काँग्रेसका बस्नेतले ६ हजार ९ सय ४० मत पाएका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ५ हजार ६ सय २२ मत र नेकपा एमालेका भागवत राउतले ५ हजार २ सय ७५ मत पाएका छन् ।
उप प्रमुखमा कांग्रेसकि सरिता राईले अग्रता लिएकी छिन । उनलाई एमालेकी महेश्वरी राई र माओवादी केन्द्रकि गीता खड्काले पछ्याउँदै छन । पछिल्लो बिवरण अनुसार १, २, ३, ४, १३, १४, १५ र १६ वडाको मतगणना सम्पन्न भएको छ । यसमध्ये वडा नम्बर १, ३, ४ र १३ नम्बर वडाको वडाध्यक्ष काँग्रेसले जित्दा १४, १५ र १६ नम्बर वडा माओवादी एवं २ नम्बर वडा नेकपा एमालेले जितेको छ ।
अहिले वडा नं ५,६, ७ को मतगणना भइरहेको छ । त्रियुगा नगरपालिकामा ४० हजार १ सय ५९ मत खसेको छ ।



