images
images

त्रियुगामा काँग्रेसका बस्नेतको अग्रता बढ्दै, कस्को कति मत ?


  • 707
    SHARES
  • २०७९ जेठ १३ गते शुक्रबार

    त्रियुगामा काँग्रेसका बस्नेतको अग्रता बढ्दै, कस्को कति मत ?

    काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसका उमेदवारले मतान्तर बढाउदै लगेका छन् । शुरूवाति  मतगणनामा काँग्रेस र नेकपा एसका उमेदवार बीच कडा टक्कर  देखिएपनि पछिल्लो मतगणनामा मतान्तर बढ्दै गएको हो ।

    शुक्रबार साँझ  ६ वजेसम्मको मतगणना अनुसार नेपाली काँग्रेसका मेयरका उमेदवार बसन्त बस्नेत १ हजार ३ सय १८ मतले  र उप मेयरमा पनि काँग्रेसकै राईले ४ सय १ मतले अग्रता लिएकी छन । 

    जसअनुसार मेयरमा काँग्रेसका बस्नेतले ६ हजार ९ सय ४० मत पाएका छन् । त्यस्तै नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ५ हजार ६ सय २२ मत र नेकपा एमालेका भागवत राउतले ५ हजार २ सय ७५ मत पाएका छन् । 

    उप प्रमुखमा काँग्रेसकि सरिता राईले अग्रता लिएकी छिन । उनलाई एमालेकी महेश्वरी राई र माओवादी केन्द्रकि गीता खड्काले पछ्याउँदै छन ।पछिल्लो बिवरण अनुसार १, २, ३, ४, १३, १४, १५ र १६ वडाको मतगणना सम्पन्न भएको छ ।

    अहिले वडा नं ५,६, ७  को मतगणना भइरहेको छ । त्रियुगा नगरपालिकामा ४० हजार १ यश ५९ मत खसेको छ ।


    images
    images

    Logo