images
images

रिभर फल्स पावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त


  • 478
    SHARES
  • २०७९ जेठ १३ गते शुक्रबार

    रिभर फल्स पावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेड रिभर फल्स पावर लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धीकार्य गर्नको लागि रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेड बीच सम्झौता भएको हो । 

    रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । २०७९ जेष्ठ ९ गतेदेखि लागू हुने गरी रिभर फल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

    शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले रिभर फल्स पावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिलाखारेजी गर्ने, नामसारीतथा रोक्का राख्नेएवं शेयरधनीहरुको लगत अद्यावधिक गर्नेलगायतका कार्यहरु गर्नेछ । कम्पनीले २०७९ बैशाख २८ देखि जेष्ठ ४ गते सम्म सर्वसाधारणलाई प्राथमिक शेयरनिश्कासन गरी जेष्ठ ९ गते बाँडफाँड सम्पन्न गरेको हो । 


    images
    images

    Logo