images
images

पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक छैनः अध्यक्ष नेपाल


  • 353
    SHARES
  • २०७९ जेठ १३ गते शुक्रबार

    पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक छैनः अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक नभएको बताएका छन् ।  सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेपालले जनताको आवाज मुखरित गर्ने स्थानलाई मर्यादित बनाउन आग्रह गरे ।

    राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारले अगाडि सारेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, जलविद्युत् उद्योगलगायतका विषयलाई प्राथमिकतामा राखिएमा प्रसन्नता व्यक्त गरे।

    अध्यक्ष नेपालले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले जोड दिएकाले अब त्यसलाई कार्यान्वयनमा लैजानेतर्फ ध्यान दिन आग्रह गरे । पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक नभएको भन्दै उहाँले नेपाली युवालाई सीपयुक्त बनाउन दूरदृष्टि राख्नुपर्ने स्पष्ट पारेका छन् । 

    नेपालमा कति वटा राजमार्ग आवश्यकपर्ने विषयमा पनि वस्तुवादी दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्नेमा उनले जोड दिए ।

    उनले लामो अध्ययनपछि अगाडि बढाइएको निजगढ विमानस्थल अगाडि बढाइएको भए पनि त्यसलाई रोकिएको भन्ने विषय आएकामा दुःख व्यक्त गरे । “सो विमानस्थलको विकल्प के? रिजनल हबका रुपमा अगाडि बढाउन खोजिएको हो, विमानस्थल निर्माण रोकिनुका कारण के हो ?” पूर्वप्रधानमन्त्री नेपालले प्रश्न गरेका थिए ।

    भ्रष्टाचारको जालो तोड्नका लागि सरकारी निकायको तत्परताको जरुरी रहेको उल्लेख गर्दै उहाँले निर्वाचनका नाममा भोजभतेर गर्ने, कसलेभन्दा कसले बढी खर्च गर्ने प्रतिस्पर्धा चलेको बताए ।

    उनले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहने गरेकाले त्यसलाई मजबुत बनाएर लागिपर्न आग्रह गरे ।

     


    images
    images

    Logo