काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल गाडी दुर्घटना हुँदा घाइते भएकी छिन्। उनको गाडी ललितपुर स्टाफ कलेज नजिकै दुर्घटना भएको हो।
गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको छ। दुर्घटनापछि उनलाई उपचारका लागि ललितपुरको सुमेरु अस्पताल उपचार भइरहेको छ ।
उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको छ । दाहाल भरतपुरको मेयरमा पुन: निर्वाचित भएपछि काठमाडौं आएकी हुन् ।