काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपनल स्टक एक्सचेञ्ज (नेप्से) १५.८२ अंकले घटेर २ हजार २ सय २३ दशमलव ७८ विन्दुमा पुगेको छ ।
राष्ट्र बैंकले मौद्रिक समिक्षा सार्वजनिक गर्नु अगाडी बढि रहेको शेयर बजार मौद्रिक समिक्षा सार्वजनिक भए लगत्तै घट्न थालेको हो । नेप्से सूचकमा गिरावट देखिए पनि कारोबार रकममा भने केहि सुधार देखिएको छ । एक अर्ब भन्दा तल झरेको कारोबार आज भने १ अर्ब २९ करोड रुपैयाँको भएको छ ।
होटल एण्ड टुरिजम क्षेत्र बाहेका सवै परिसुचको समुहमा गिरावट आएको छ । ३८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १ सय ४६ वटाको मूल्य घटेको छ । सर्वाधिक धेरै रुरु जलविद्युत कम्पनीको शेयर मूल्य ६.१३ प्रतिशतले बढेको छ भने सर्वाधिक धेरै दिव्यश्वरी हाइड्रोपावरको ३.७५ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । बैंकको १७ करोड ६० लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी मेघा बैंकको ९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
साथै अरुण भ्यालीले ४ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । अरुण कावेलीले ३ करोड ८२ लाखको शेयर कारोबार गरेको छ भने नबिल बैंकको ३ करोड ५७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । साथै अप्पर तामाकोशिको भने २ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



