images
images

ग्याँस बुलेटमा आगलागी हुँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध


  • 427
    SHARES
  • २०७९ जेठ १३ गते शुक्रबार

    ग्याँस बुलेटमा आगलागी हुँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    काठमाडौं । ग्याँस बुलेटमा आगलागी हुँदा नारायणगढ–मुग्लिन सडक  अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने ठाउँमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको हो । दिउँसो १ बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी आगलागी भएको हुँदा नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फबाट सडक बन्द गरिएको छ । 

    उक्त ग्याँस बुलेट बिग्रिएर मर्मतका लागि रोकी राखेको बुलेटमा वाइरिङ सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । आगलागीबाट बुलेटमा पूर्णरुपमा क्षति पुगेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बुलेटमा ग्यास भए पनि आगोले टिप्न नपाएको र सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

     

     


    images
    images

    Logo