काडमाढौं । २ कम्पनीले हकप्रद जारी गर्नका लागि नेपनल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।बरुण हाइड्रोपावर कम्पनी र ङादी ग्रुप पावरले हकप्रद शेयर जारी गर्नको लागि बोर्डमा निवेदन दिएका हुन् ।
बरुण हाइड्रोपावले १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने भएको छ । हाइड्रोपावरले चुक्ता पुँजी २६ करोड ७९ लाख रुपैयाँ बराबरको २६ लाख ७९ हजार किक्ता बराबरको हकप्रद शेयर निष्काशनको गर्ने भएको छ ।
कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा आरवीवी मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीले जेठ ११ गते बोर्डमा निवेदन दिएको थियो ।
त्यस्तै ङादी ग्रुप पावरले १ः१.५ अनुपातमा हकप्रद शेयर निष्काशनको लागि निवेदन दिएको छ । कम्पनीले १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६ सय बराबरको १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले विक्री प्रबन्धकमा सिद्धर्थ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले जेठ ९ गते बोर्डमा निवेदन दिएको थियो ।



