images
images

सिभिल बैंकको ३ लाख ७० हजार कित्ता संस्थापक शेयर विक्रीमा


  • 377
    SHARES
  • २०७९ जेठ १३ गते शुक्रबार

    सिभिल बैंकको ३ लाख ७० हजार कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिभिल बैंकको ३ लाख ७० हजार कित्ता शेयर संस्थापक शेयर विक्री गर्ने भएको छ ।  सो बैंकमा रहेका ५ जना संस्थापकले आफ्नो नाममा रहेको कुल  ३ लाख ७० हजार ७ सय ६ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेका हुन् । 

    सो शेयर खरिद गर्ने इच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नुपर्ने छ । उक्त समयमा संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकीको शेयर अन्य खरिदकर्तालाई विक्री हुने बैंकले जनाएको छ । 

    चिरन्जिवी लाल अग्रवालको नाममा रहेको ३ हजार ७ सय ३६ कित्ता, सावित्री देवी अग्रवालको नाममा रहेको ३१ हजार ३ सय ८४, धन राज आचार्यको नाममा रहेको ८ हजार ७ सय ८८ कित्ता, हरिहर प्रसाद लामिछानेको नाममा रहेको ४८ हजार ९ सय ९९ कित्ता र आभा इन्टरनेशनलको नाममा रहेको २ लाख ७७ हजार ७ सय ७४ कित्ता संस्थापक शेयर विक्रीमा रहेको बैंकले जनाएको छ । 


    images
    images

    Logo