काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसका उमेदवारले अन्तर बढाउदै लगेका छन् । शुरूवाति मतगणनामा काँग्रेस र नेकपा एसका उमेदवार बीच कडा टक्कर देखिएपनि पछिल्लो मतगणनामा अन्तर बढ्दै गएको हो । शुक्रबार बिहान ११:३० वजेसम्मको मतगणना अनुसार नेपाली काँग्रेसका मेयरका उमेदवार बसन्त बस्नेत१०९३ मतले र उप मेयरमा पनि कांग्रेसकै राईले ४ सय १ मतले अग्रता लिएकी छन ।
जसअनुसार मेयरमा काँग्रेसका बस्नेतले ६ हजार ४ सय ९५ मत पाएका छन् । त्यस्तै नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ५ हजार ४ सय २ मत र नेकपा एमालेका भागवत राउतले ४ हजार ८ सय ७६ मत पाएका छन् । उप प्रमुखमा कांग्रेसकि सरिता राईले ५ हजार ६ सय ३१ मत, एमालेकी महेश्वरी राईले ५ हजार २ सय ३० मत सहित दोश्रो र माओवादी केन्द्रकि गीता खड्काले ४ हजार ७९ मत सहित तेस्रो स्थानमा छिन ।
भरखरै सकिएको मतगणना अनुसार १३ नं वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका नवीन कुमार चाैधरी विजयी भएका छन् । तयसैगरी वडा नं ३ काे वडाध्यक्ष मा तिलक कटुवाल बिजयी भएका छन् । अहिले नं ४, ५, ६ र १२ को मतगणना भइरहेको छ ।
भइराखेका वडामा कांग्रेसका उमेदवारले अग्रता लिएका छन् । त्रियुगा नगरपालिकामा ४० हजार १ यश ५९ मत खसेको छ ।



