काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जेठ २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको १५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । र बाँकी १३ लाख ६५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्न लागिएको छ ।
यस्तो निष्काशन बन्द छिटोमा जेठ २५ गते हुनेछ भने ढिलोमा असार ३ गते हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् ।



