images
images

राप्ती हाइड्रोको आईपीओ जेठ २४ गतेदेखि


  • 602
    SHARES
  • २०७९ जेठ १३ गते शुक्रबार

    राप्ती हाइड्रोको आईपीओ जेठ २४ गतेदेखि

    काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले जेठ २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले ६ लाख १२ हजार ७ सय कित्ता आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

    यस्तो निष्काशन छिटोमा असार ७ गते र ढिलोमा असार २२ गते बन्द हुनेछ। सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ६ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


    images
    images

    Logo